
कडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सरकारले वैशाख २५ गतेसम्म लगाएको लकडाउनको समय बिहीबार राति १२ बजेबाट सकिँदैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको मन्त्रिपरिषद् बैठक कम्तिमा पनि एक हप्तादेखि १० दिनसम्म लकडाउन थप्ने तयारी छ । योसहित पाँचौं पटक लकडाउन थप्ने सरकारको तयारी छ ।
मंगलवार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनलाई यथावत राख्न सरकारलाई सुझाव दिएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।
समितिको बैठकले लकडाउनका कारण कोरोना संक्रमण फैलिन नपाएको निष्कर्ष निकालेको थियो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।