
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले फोहोर विसर्जन गर्ने ठाउँ सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने बताएका छन् । उनले हिजो सिस्डोल पुगेर स्थानीयसँग प्रतिबद्धता जाहेर गरेका हुन् ।
फोरोहको विषयलाई नै मुद्दा बनाएर काठमाडौँको मेयरमा चुनिएका बालेन साहले निर्वाचित भएपछि पनि त्यही मुद्दालाई विशेष प्राथमिकतामा राखेका छन् । निर्वाचित भइसकेपछि उनले दिने अभिव्यक्ति र कार्यले पनि यसलाई प्राथमिकतमा राखेको पुष्टि गर्छ ।
पद तथा गोपनीयताको शपथ ग्रहणमा पनि माला, अवीर लगाउन अस्वीकार गरेका उनले पछिल्लो एक सातामा दुई पटक सिस्डोल पुगिसकेका छन् । बालेनले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखे पनि त्यसले सही दिशा भने लिन सकिरहेको छैन । स्वतन्त्रबाट मेयर बनेको पहिलो दिनदेखि नै उनलाई सिस्डोलबासीले चुनौती दिइरहेका छन् ।
जुन दिनदेखि काठमाडौँको मेयर सुनिश्चित भयो त्यही दिन देखि महानगरको फोहोर उठ्न पनि ठप्प भयो । यसअघिका मेयरले सिस्डोलबासीसँग गरेको प्रतिबद्धताको कार्यन्वयन गर्न माग गर्दै उनीहरु र मेयरबीच चर्काचर्कीको अवस्था सिर्जना भएको छ ।
केही तनावको अवस्था सिर्जना भएपछि मेयरले १७ वर्षदेखिको कुरा अहिले लादेर नहुने र आफू स्वतन्त्र रुपमा काम गर्न आएको हुँदा काम गर्न दिन स्थानीयलाई आग्रह गरे । काठमाडौँमा फोहोरले विकराल रुप लिँदै गएपछि स्थानीयको समस्या बुझ्न शुक्रबार मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोल फोहोर डम्पिङ साइट सिस्डोल पुगेका थिए । स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए ।
फोहोर व्यवस्थापनका लागि राजनीतिक दलसँग सहकार्य गर्न उनी पार्टी नेतृत्वसँगको भेटमा पनि लागिपरेका छन् । प्रतिपक्षी दलका अध्यक्ष देखि नेपाली सेनाका प्रधानसेनापति हुँदै प्रधानमन्त्रीलाई भेटेका उनले बिहीबार मात्रै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग पनि परामर्श गरेका छन् ।
स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्ने हरकोहीको अधिकार भए पनि सरकारै तर्फबाट सिस्डोलबासीको अधिकार खोसिएको स्थानीय बताउँछ । मानव र फोहोर लामो सयम एकै ठाउँमा बस्न नसक्ने भन्दै सरकारले केही दिन अघि मात्रै आफूहरुमाथि ज्यादती गरेको सिस्डोलबासीको गुनासो छ । सरकारले नै प्रहरी प्रशासन लगाएर दादागिरी शैलीमा फोहोर फालेकोमा पनि स्थानीयको आपक्ति छ ।
गत फागुनदेखि हालसम्म झण्डै दुई महिना फोहोर उठ्न सकेको छैन । पछिल्लो सात दिनमा काठमाडौंको टेकु संकलन केन्द्रबाट महानगरपालिकाले फोहोर नउठाएपछि टेकु वरपरको वातारणव दुर्गन्धित बनेको छ । त्यसैको विरोधमा स्थानीय बासिन्दाले शुक्रबार बिहानैदेखि धर्ना दिएका छन् । सडक, चोक र गल्लीको फोहोर सभ्य समाजका लागि लाज हो ।
सम्बन्धित निकायबाट हरसम्भव काम भइरहेको बेला नागरिकले पनि आफ्नो कर्तव्य पूरा गर्नै पर्छ । प्रत्येक घर, अस्पताल, कारखाना, संघसंस्थाहरूले आफ्नो फोहोर आफैं जम्मा गरेर व्यवस्थापन गर्ने जिम्मेवारी आफैले लिनुपर्छ ।