८ बैशाख २०८२, सोमबार

छलफलमा भाग नलिने एमालेले भौतिक पूर्वाधार मन्त्रालयलाई एक दिन छुट्टै समय नछुट्याए

khagraj adhikari 20210412140358
फाइल फोटो

एमाले सांसद खगराज अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिपक्षले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विषयमा एक दिनको समय दिन सभामुख र अर्थमन्त्रीसँग माग गरे पनि चारवटा मन्त्रालयलाई एकैपटक छलफल चलाइएको भन्दै आपत्ति जनाए । 

उनले चारवटा मन्त्रालयलाई एकैपटक छलफलका लागि अगाडि बढाइए भाग नलिने एमालेको अडान रहेको बताए । सांसद अधिकारीको मागपछि सभामुख अग्निप्रसाद सापकोटाले सो मन्त्रालयबारे छुट्टै समय मिलाएर कार्यसूची बनाउन संसद् सचिवालयलाई निर्देशन दिइएको जानकारी दिए ।