७ बैशाख २०८२, आईतवार

तीव्र प्रतिस्पर्धा कांग्रेस र एमालेको जिसस रसुवामा, आचार्य र घिमिरेको उम्मेदवारी

congress uml

जिल्ला समन्वय समिति रसुवाको प्रमुखमा दुई जनाको उम्मेदवारी परेको छ । आज भएको उम्मेदवारी दर्तामा नेकपा एमालेबाट अशोक घिमिरे र नेपाली कांग्रेसबाट ओमप्रसाद आचार्यको  उम्मेदवारी परेको हो । 

त्यसैगरि उपप्रमुखमा नेकपा एमालेबाट विजय लामा र नेपाली कांग्रेसबाट हरिप्रसाद देवकोटाको उम्मेदवारी परेको छ । 

जिल्ला समन्वय समितिको सदस्यमा नेकपा एमालेबाट कामी छिरिङ तामाङ, खुवा प्रसाद पौडेल, सिता विश्वकर्मा नेपाली कांग्रेसबाट खिलबहादुर न्यौपाने, डिब राज न्यौपाने, सविता गुरुङको उम्मेदवारी परेको छ ।  

समन्वय समितिको महिला सदस्यमा नेकपा एमालेबाट अमिता विश्वकर्मा, देशी रानी तामाङ, मेम्बर थिङ तामाङ, नेपाली कांग्रेसबाट कारतोक लामा, निर्मला श्रेष्ठ र शेर बहादुर गलानको उम्मेदवारी परेको छ । 

त्यसैगरि समन्वय समितिको दलित वा अल्पसंख्यक सदस्यमा नेकपा एमालेबाट लाक्पा घले र नेपाली कांग्रेसबाट पार्वती विश्वकर्माको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । 

जिल्लामा जिल्ला समन्वय समिति (जिसस) को  प्रमुख, उपप्रमुख तथा अन्य पदका लागि नेकपा एमाले र नेपाली कांग्रेसको बराबर मतदाता रहेका हुन् ।  जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षले मतदान गर्न पाउँछन् । 

जिल्लामा पाँच वटा पालिका रहेका छन् । पाँच वटा पालिकाका १० जना मतदाताले मतदान गर्ने छन् । पालिका अध्यक्षमा दुई र उपाध्यक्षमा तीन गरी नेकपा एमालेको ५ जना र पालिका प्रमुखमा तिन र पालिका उपप्रमुखमा दुई गरी नेपाली कांग्रेसको ५ जना मतदाता रहेका छन् ।

जिससको निर्वाचन जित्न कम्तीमा पनि ६ मत ल्याउनुपर्छ । जिसस जित्न एमाले र कांग्रेस दुवैसँग पर्याप्त भोट नपुग्ने निश्चित छ । कांग्रेस र एमाले कुनै एउटा पक्षले अर्को पक्षको एउटा भोट आफूतिर तान्नुपर्ने अवस्था बनेको छ । यदि त्यसो नभए जिससको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।