
गायक कन्हैया सिंह परियारको स्वरमा ‘भन्दै होलान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समय देखी नेपाली गीत संगीत क्षेत्रमा सक्रिय रुपमा लागिरहेका सिंहले यस अघि पनि सयौं गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् ।
केही समय देखी अमेरिकामा बसोबार गर्दै आएका सिंहले प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिईरहेका छन् ।
प्रदेशमा रहँदा गाउघरकै सम्झनाहरुले सताउने र गाउघरकै झल्को आउने कुरालाई उजागर गरिएको छ । प्रदेशीय पछि गाउँ विर्सियो भन्दै होलान भन्दै प्रदेशको पिंडालाई मर्मस्पर्शि रुपमा चित्रण गरिएको गीतका रचनाकार हुन संचारकर्मी, एवम् गीतकार सुमन बैरागी पण्डित हुन् भने यस गीतमा संगीतकार सन्तोष क्षेष्ठले संगीत रहेको छ ।
माधव राज खरेको निर्देशनमा बनेको म्युजिक भिडियोमा श्रीदेव भट्टराई, कन्चन चालिसे, उद्धव प्रसाद भट्टराई, नम्रता खरेल पौडेल, राजु कार्की, कुमार स्याङवो लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
“कन्हैया सिहं परियार”को युटुव च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोलाई जीवन पराजुलीले खिचेका हुन् ।