
टोटनहम हटस्पर्सका फरवार्ड सन ह्युङ मिनले दक्षिण कोरियामा तीन हप्ताको अनिवार्य सैन्य सेवा पूरा गरेका छन् । १५७ जना सम्मलित रहेका थिए उक्त अभ्यासमा उनी सबैभन्दा उत्कृष्ट हुँदै अवार्ड पनि जित्न सफल भएका छन् ।
दक्षिण कोरियाली सबै पुरुषले करिब दुई वर्ष सैन्य सेवा दिनुपर्ने प्रावधान छ । तर, एसियन गेम्समा स्वर्ण जितेका तथा ओलम्पिकमा कुनै पनि पदक जितेका खेलाडीहरूलाई सैन्य तालिममा दक्षिण कोरियाली सरकारले छुट दिँदै आएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण हाल युरोपियन लिगहरू स्थगित भएको मौकाको फाइदा उठाउँदै सन ह्युङ मिन सैनिक तालिममा सहभागी भएका थिए।
शुक्रबार उनले मरिन कर्प्स युनिटबाट प्रशिक्षण पुरा गरे । उनले बन्दुक चलाउन, रसायनिक, जैविक, रेडियोलोजिकल प्रशिक्षण तथा युद्ध र प्राथमिक उपचारको प्रशिक्षण लिएका थिए ।
