
लगातार पहिरो खसेपछि मुग्लिन–नौविसे सडक खण्ड अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलामा आज अपरान्ह पौनै ५ बजेको समयमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध भएको हो । ठूलो पहिरो खसेकाले सडक संचालनमा ढिलाई हुन सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अहिले सडक डिभिजन कार्यालयसंग समन्वय गरि पहिरो हटाउने कार्य भइरहेको छ ।
यस सडक खण्डमा आज मात्रै तीन पटक पहिरो खसेको छ । अहिले चितवनका विभिन्न स्थानहरुमा निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।