
फिल्म ‘झिँगेदाउ’को २ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्म यसअघि भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म अब भदौ १७ गतेबाट नेपाल भर रिलिज हुने भएको छ । निर्माता देउजाले फिल्म को रिलिज दुई हप्ता अगाडी प्रिपोण्ड भएको बताए ।
कोरोना महामारी अगाडी नै अधिकांश छायांकन सकिएको फिल्मको केहीदिन अगाडी मात्रै एक गीतको छायांकन गरिएको थियो । पोष्ट प्रोडक्सनको काम समेत अन्तिम चरणमा रहेको फिल्मको केही दिनमा गीत रिलिज गर्दै प्रचार प्रचारको काम आरम्भ गरिनेछ । राम्रो फिल्म बनेकाले पनि रिलिजका लागि उपयुक्त मिति भदौ १७ नै लागेकाले वितरकको आग्रहमा रिलिज प्रिपोण्ड गरिएको निर्देशक देउजाले जानकारी गराए ।
फिल्ममा केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल बिष्टले मुख्य भुमिका निवार्ह गरेका छन् । झिँगेदाउमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको फिल्म का निर्माता सुलभ, समिक्षा र सुशिल हुन् ।
