
एसिसी महिला टि२० च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । बहराइनलाई ८ विकेटले हराउँदै एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
किनरारा एकेडेमी ओभलमा १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालकी सीता रानामगरले ४ रन बनाइन् भने ८ रन नेपालले अतिरिक्त पाएको थियो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो । बहराइनको ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालकी कविता कुँवर र सबनम राईले समान २२ विकेट लिए ।
खेल निर्धारित समय अनुसार बिहान ८ : १५ मा सुरु हुनुपर्ने थियो । तर, वर्षाको कारण समयमै सुरु हुन नसक्दा खेल ७/७ ओभरको मात्र भएको हो ।
नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो । नेपाल समूह बी मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ ।
