
भारतिय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई छाती दुख्ने समस्या देखिए पछि दिल्ली स्थित एम्स अस्पतालमा भर्ना गरिएको छ।
रिपोर्टका अनुसार वरिष्ठ नेतालाई आइतबार साँझ ८:४५ बजे एम्सको कार्डियो-थोरसिक वार्डमा भर्ना गरेर चिकित्सकको निगरानिमा सामन्य कोठामा राखिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार उनका उपचार हृदय रोगका प्राध्यापक डा. नीतीश नाईकले गरिरहेका छन्।
सन् १९९० र २००९ मा गरी उनको दुई पटक बाइपास सर्जरी भएको थियो भने उनलाई मधुमेह पनि रहेको छ ।
८७ वर्षीय सिंहले १३ औं भारतिय प्रधानमन्त्रीको रूपमा सन् २००४ देखि २०१४ सम्म काम गरेका थिए ।