
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ ।
लुम्बिनी प्रदेशसभाको बुधबार बसेको बैठकले अर्थमन्त्री कृष्णध्यज खड्काद्वारा प्रस्तुत बजेट बहुमतले पारित गरेको हो ।
असार १ गते प्रस्तुत बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल भएको थियो । छलफल सकिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेको विधेयक प्रदेशसभाले पारित गरेको हो ।
आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको छ । जसअनुसार चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार र पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रहने अनुमान गरिएको छ ।
वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड लाख रहने गरी बजेटमा प्रस्ताव गरिएको छ ।
प्रदेशसभाको बुधवार बसेको बैठकमा नै प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक समेत पारित भएको छ । यस्तै खेलकुद ऐन २०७६ पनि पारित भएको छ ।