
इटालियन पूर्वफुटबलर फाबियो क्यानभारोले पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार स्ट्राइकर केलियन एमबाप्पेलाई स्पेनिस क्लब रियल मड्रिडले अनुबन्ध गर्ने आशा व्यक्त गरेका छन् ।
एमबाप्पेले रियलमा पूर्वस्ट्राइकर रोनाल्डोको स्थान लिन सक्नेभन्दै सान्टियागो बर्नबेउमा अनुबन्ध हुन सक्ने आशा रहेको बताए । यतिबेला २१ वर्षीय एमबाप्पे पीएसजीबाट रियलमा अनुबन्ध भएको रिपोर्टमा उल्लेख गरिएको छ । एमबाप्पेले पीएसजीमा तीन सिजन बिताएका छन् ।
स्ट्राइकर डोनाल्डो इटालियन सिरी ए क्लबमा अनुबन्ध भएपछि मड्रिडले उनको स्थान लिनसक्ने कुनै खेलाडी अनुबन्ध गर्न सकेको छैन । रोनाल्डो २०१८ मा रियल छाड्दै युभेन्टस् पुगेका थिए ।
“वास्तविकमा मड्रिडलाई एमबाप्पेजस्ता खेलाडीहरू चाहिएको छ । जो क्रिस्टियानो रोनाल्डोको स्थान लिन सकोस्,” फाबियोले भने, “रोनाल्डोका स्थान युवा खेलाडी एमबाप्पेले लिन सक्छन् । यो पनि सत्य कुरा हो कि मड्रिडले उनलाई अनुबन्ध गर्न चाहेको छ । तर, यो कुरा पनि ध्यानमा राख्नु जरुरी छ एमबाप्पेलाई अनुबन्ध गर्न रियललाई त्यति सजिलो भने छैन ।” एजेन्सी