
भारतले गरेको सिमा अतिक्रमणका बिरुद्ध नेपाल विद्यार्थी संघले ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र बुझाएको छ।
नेपालको सिमा भित्र भारतिय पक्षले बाटो बनाएर उद्घाटन गरेपछी नेपाल विद्यार्थी संघले बिरोध गर्दै सरकारलाई यथाशिघ्र यसको जवाफ दिन अनुरोध गर्दे आज ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र मा लेखिएको छ, भारतले नेपाली भुमिमा भारतिय राजमार्ग नै निर्माण गरी सके पछि पनि राष्ट्रियताको पक्षमा दृढ अडान लिइ भारतलाइ गल्ती सच्याउन वाध्य वनाउनुको सट्टा उल्टै राष्ट्रियताको रक्षाको निम्ति सडकमा आएका नेपाली जनता माथि निर्मम दमन गरी यो सरकार भारतलाई नै रिझाउन लाग्नु खेदजनक छ। हिजो शान्तिपूर्ण प्रदर्शन गर्दै गर्दा ने.वि. संघका अध्यक्ष, महामन्त्रीहरू लगायत सयौं जनाको गिरफ्तारी गरिएको घटना प्रति घोर भत्सर्ना गरूदछौं।
निर्वाचनको वेला राष्ट्रियताका ठूला र खोक्रो नारा लगाउने अनि अहिले आएर आफ्नो सत्ता जोगाउन भारत सामू लम्पसार पर्ने यो सरकारको यही प्रवृत्तिका कारण भारतले सजिलै हाम्रो भूमी अतिक्रमण गरेको आरोप समेत लगाइएको छ ।
लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी संघले गरेको प्रदर्शनमा नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका थिए । नेपाली भूमी हुँदै तिब्बतको मानसरोबर जोड्ने बाटो बनाएपछि देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ ।




ज्ञापन-पत्र
जय नेपाल
मिति: २०७७/०१/३०
सम्माननीय प्रधानमन्त्री ज्यू,
नेपाल सरकार,
मार्फतः जिल्ला प्रशासन कार्यालय,
विषय: ज्ञापन-पत्र ।
कोरोना संक्रमणको महामारीले सिङ्गो विश्व आक्रान्त भएको यस क्षणमा भारतले हाम्रो भुमि अतिक्रमण गरी सडक निर्माण गरेको समाचार सार्वजनिक हुँदा सम्पूर्ण नेपाली जनता मर्माहत तथा आक्रोशित भएका छन् । विगत छ महिना पहिले कालापानी लगायतका भू(भागहरु आफ्नो नक्शामा राखी भारतले प्रकाशित गर्दा यो सरकारले राष्ट्रियताको पक्षमा दृढ नलिइ भारतको सामू लम्पसार परेकोले आज यो स्थिति सृजना भएको हाम्रो ठहर छ ।
निम्न वँदाहरु मार्फत हामी सरकारलाइ खवरदारी तथा विशेष ध्यानाकर्षण गराउन चाहन्छौं।
१. भारतले नेपाली भुमिमा भारतिय राजमार्ग नै निर्माण गरी सके पछि पनि राष्ट्रियताको पक्षमा दृढ अडान लिइ भारतलाइ गल्ती सच्याउन वाध्य वनाउनुको सट्टा उल्टै राष्ट्रियताको रक्षाको निम्ति सडकमा आएका नेपाली जनता माथि निर्मम दमन गरी यो सरकार भारतलाई नै रिझाउन लाग्नु खेदजनक छ। हिजो शान्तिपूर्ण प्रदर्शन गर्दै गर्दा ने।वि। संघका अध्यक्ष, महामन्त्रीहरू लगायत सयौं जनाको गिरफ्तारी गरिएको घटना प्रति घोर भत्सर्ना गरूदछौं।
२. निर्वाचनको वेला राष्ट्रियताका ठूला र खोक्रो नारा लगाउने अनि अहिले आएर आफ्नो सत्ता जोगाउन भारत सामू लम्पसार पर्ने यो सरकारको प्रवृत्तिको घोर भत्सर्ना गर्दछौं । सरकारको यही प्रवृत्तिका कारण भारतले सजिलै हाम्रो भूमी अतिक्रमण गरेको हाम्रो ठहर छ।
३. लिपुलेक हाम्रो हो।भारत तुरुन्त त्याहाँ वाट फिर्ता हुनु पर्दछ। सरकारले उच्च स्तरीय कुटनीतिक पहल गर्ने तथा सवै खाले दवाव श्रृजना गरी तुरुन्त भारतलाइ गल्ती सच्याउन वाध्य वनाओस्।
४. नेपाली भूमि हडप्ने गरी सन २०१५ मा वेजिङ्गमा भारत र चीनले गरेको सहमति घोर आपत्तिजनक छ। उक्त सहमति तुरुन्त खारेज होस् ।
राष्ट्रियता संकटमा परेको यस घडीमा सरकारले अत्यन्त गम्भीरता एवं तदारुकताका साथ भुमिका निभाओस। राष्ट्रियताको पक्षमा दृढ अडान प्रस्तुत गरोस् । अन्यथा, भारतिय अतिक्रमणका विरुद्ध साथ साथै सरकारको लम्पसारवादी प्रवृत्तिको विरुद्ध समेत आन्दोलनको आँधीबेहरी श्रृजना गर्न वाध्य हुनेछौं ।
जय नेपाल !
…………
सभापति
ने.वि. संघ, जिल्ला