
आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ । पहाडी भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ भने तराई क्षेत्रका केही ठाउँमा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ ।
देशका पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल बिहानै देखि देशका धेरै जसाे भूभागमा सामान्य वर्षा भइरहेकाे महाशाखाकाे भनाइ छ ।
राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम समान्यता सफा रहनेछ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।
तटीय क्षेत्र तथा डुबान भइरहने होचा क्षेत्रहरू र पहिरोग्रस्त क्षेत्रमा पनि सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।