
नायक अनमोल केसीले नायिका पूजा शर्माको निर्माणमा बन्ने फिल्म साइन गरेको केही दिनपछि नै अर्को नयाँ फिल्मर साइन गरेका छन् ।
आफ्नो हिट फिल्म ‘जेरी’ सिरिज अनमोलले साइन गरेका हुन् । ‘जेरी’ अनमोलको करिअरको दोश्रो हिट फिल्मर थियो ।
यो फिल्मलाई हेमराज वीसीले नै निर्देशन गर्नेछन् । फिल्म साइन गरेपछि अनमोलले भने–‘जेरीको सिरिज धेरै दर्शकले प्रतिक्षा गर्नुभएको थियो । यसपटक, फिल्मको कथा धेरै नै फरक छ । यसैले, काम गरेको हुँ ।’
केही दिनमै ३ वटा फिल्म साइन गर्नुभयो त भन्ने प्रश्नमा उनले भने–‘मैले सधै नै राम्रो चलचित्र आएको खण्डमा काम गर्छु भनेको छु । यसपटक मैले साइन गरेका फिल्मका मेकर र कथावस्तु चित्तवुझ्दो छ । कहिलेकाही भगवान्ले दिएपछि पुग्ने गरि दिन्छन् भनेको यही होला ।’
यो फिल्मलाई निर्माता सरोज न्यौपाने र राम श्रेष्ठले मिलेर बनाउँदैछन् । फिल्मको छायांकन अर्को बर्षबाट सुरु हुने नायक अनमोल केसीले बताए । ‘ए मेरो हजुर ४’ रिलिजपछि मौन बसेका अनमोलले केही दिनको अन्तरमा ‘छड्के २, पूजा शर्माको फिल्म र जेरी २’मा अभिनय गर्ने पक्का भएको छ ।
अनमोलले पहिले ‘छड्के २’को छायांकन गर्नेछन् । यसपछि, तिहार लगतै पूजा शर्माको निर्माण र सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्मरमा काम गर्नेछन् । त्यसपछि भने ‘जेरी २’मा काम गर्ने पक्का भएको छ ।
फिल्म ‘जेरी २’मा नायिका आना शर्मासँग कुरा भैरहेको निर्माणपक्षले बताएको छ। यस्तै, चलचित्रका लागि केही कलाकार अडिसनबाट छानिने निर्माता सरोज न्यौपानेले बताए। उनका अनुसार, आउँदो बर्षको दशैंमा यो फिल्मर रिलिज गर्ने योजना छ ।