
भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढेपछी मंगलबार दिउँसो गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।
मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि गृहले आवतजावतमा कडाइ गरेको छ । यो निर्णय बिहीबारदेखि लागु हुनेछ । त्यसैगरी उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।
आज सम्म कर्मचारिहरुले आफु कार्यरत कार्यालयको परिचय पत्र देखाँउदै आएका छन् । तर अब उनिहरुले पनि सम्बन्धित निकायबाट जारी पास बोक्नुपर्ने हुनजान्छ ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।