
फाइल फोटो
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्री जर्नादन शर्माले संसदीय छानबिनलाई सघाउन राजीनामा दिएको भन्दै निर्दोष सावित भए पुनः अर्थ मन्त्रालयमा फर्किने बताएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै पुनले भने, ‘छानबिन हुन्छ । उहाँले निर्दोष छु भन्नुभएको छ । उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । अर्को कोही मान्छे अहिले पठाउँदैनौं ।’
नेता पुनले पार्टीले राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको पनि खुलाए । विगतमा मन्त्रीमाथि छानबिन गर्न यस्ता समिति बन्दा राजीनामा दिएको उदाहरण नभए पनि शर्माले दिएको उनले बताए ।