८ बैशाख २०८२, सोमबार

फेरि थपिए संक्रमित, कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

corona virus illustration

कपिलबस्तुमा कोरोनाभाइरस संक्रमितको संख्या ३० पुगेको छ। बुधबार एक संक्रमित थपिएसँगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको परीक्षणमा गरिएको परीक्षण्मा कपिलबस्तुको कविलबस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

उनको हाल स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको सम्पर्कमै रहेका छन् ।

यसैगरी काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि

काभ्रेको धुलिखेल अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमितको बाँकेको नेपालगन्ज निवासी ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना संक्रमितको आधिकारिक संख्या २१९ पुगेको मन्त्रालयले जनाएको छ। ।