
पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार १ हजार ७ सय जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएकाे हाे।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।