९ बैशाख २०८२, मंगलवार

जाली नोट भेटियो भक्तपुरमा, एक जना पक्राउ

arest

सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई एक हजार दरका १३ थान जाली नेपाली नोट सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । 

सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकस्थित खाजा पसलमा निर बिकार प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त जाली नोट सहित फेला पारी पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।