
एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुणमा सकेसम्म बाहृय लगानी निरुत्साहित गरी आन्तरिक लगानी गर्नसके संखुवासभा जिल्लालाईमात्र नभई देशलाई फाइदा पुग्ने आयोजना क्षेत्रका स्थानीयको भनाई छ ।
स्थानीय तहको दायित्व र जिम्मेवारीको बन्दोबस्त गरी निर्माण सुरु हुने अवधि तोकेर आयोजनाको काम अगाडि बढाउन उनीहरुले माग राखेका छन् ।
स्थानीयको मागलाई संभव भएसम्म सम्वोधन गरिने र प्रभावित क्षेत्रका जनतालाई प्राथमिकतामा राखिने आयोजनाले बताएको छ ।
विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी अपर अरुण हाइड्रोइलेक्टि्रक लिमिटेडले माथिल्लो अरुण निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु गरिसेको छ । पहिलो चरणमा २ हजार ५ सय रोपनी जग्गा अधिग्रहण गर्ने छ ।
आयोजनाको बााधस्थल भोटखोला गाउापालिका-२ चेपुवा र रुकुमाको सिमानामा पर्छ । विद्युत गृह त्यही गाउापालिकाको वडा नम्बर-४, छोमराङमा रहने छ । माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना हो ।