८ बैशाख २०८२, सोमबार

क्यारिकेचरमा हर्क साम्पाङ र बालेन्द्रदेखि गायक अमृत गुरुङसम्म

292621158 462028392404510 5183699346320292956 n

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा नेपालका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको मुहार झल्कने ‘नेपाली क्यारिकेचर प्रदर्शनी २०७९’ सुरु भएको छ ।

प्रतिष्ठान र नेपाल कार्टुनिस्ट क्लबले संयुक्त रुपमा गरिएको प्रदर्शनी कक्षमा ४३ जना कलाकारहरुद्वारा तयार गरिएको साढे तीन दर्जनभन्दा बढी व्यक्तित्व झल्कने क्यारिकेचरहरु प्रर्दशनमा राखिएका छन्।

नेपालमा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरुको क्यारिकेचर देख्न र अवलोकन गर्न सकिन्छ । क्यारिकेचर प्रदर्शनीमा कलाकारहरु नीर शाह, सुनिल थापा, नारायण गोपाल, हरिवंश आचार्य, भुवन केसी, केदार घिमिरे, विपिन कार्की, सिताराम कट्टेल (धुर्मुस), सन्तोष पन्त रंगकर्मी सुनिल पोखरेल, गायक अमृत गुरुङ देख्न सिकन्छ ।

यस्तै शताब्दी पुरुष सत्यमोहन जोशीदेखि अहिले स्वतन्त्रतर्फबाट काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयर बालेन्द्र साह तथा हर्क साम्पाङ लेखक एवं पत्रकार किशोर नेपाल, ऋषि धमला, चित्रकारहरु किरण मानन्धर, केके कर्माचार्य, सुषमा राजभण्डारी सम्मको हुबहु मुहारलाई अतिरञ्जना गरिएका छन् ।

क्यारिकेचर अर्थात् अनुहारको व्यङ्ग्यात्मक हाउभाउ व्यङ्ग्यचित्रको अर्को पाटो हो । रङ र रेखाको प्रयोग गरी भावसहितको अतिरञ्जना गरिएको चित्रको रुपमासमेत क्यारिकेचरलाई हेरिएको छ ।

झट्ट हेर्दा कार्टुन चित्र जस्तै देखिए पनि कुनै पनि व्यक्तिको मुहारलाई व्यंग्यात्मक रुपमा चित्रण गर्नुलाई क्यारिकेचरको रुपमा लिइन्छ । यस विधामा कुनै व्यक्तिको मुहारको भाव आउने गरी कुनै रंग, रेखा वा डिजिटर माध्यममा अतिरञ्जना गरिन्छ ।

प्रदर्शनीमा भने नयाँ पुस्ताका महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ । प्रतिष्ठान र क्लबले गत पुस महिनामा तीन दिने क्यारिकेचर विधामा महिला कलाकारकालाई अभिप्रेरित गर्ने लक्ष्य राखेर क्यारिकेचर कार्यशाला नै सञ्चालन गरेको थियो । प्रदर्शनीमा २१ जना महिला सहभागी भएका थिए । ती मध्येबाट पनि केहीलाई छनोट गरी प्रदर्शनीमा समावेश गरिएका छन् ।

प्रतिष्ठान र क्लबले २०७४ सालदेखि नै नियमित रुपमा क्यारिकेचर प्रदर्शनी गर्दै आइरहेको छ । प्रदर्शनी मंगलबारसम्म जारी रहनेछ ।

1 1
2 1
3 1
4 1
5
6
7
8 1