
सानिमा लाइफ र रिलायन्स लाइफ इन्सुरेन्सबीच मर्जरका लागि सम्झौता भएको छ । दुवै कम्पनीले असार २९ गते बुधबार काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
रिलायन्स लाइफ इन्सुरेन्सका सञ्चालक भरत कुमार तोदी र सानिमा लाइफ इन्सुरेन्सका सञ्चालक धनश्याम थापाले समझजारीपत्रमा हस्ताक्षर गरेका छन् ।
हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ कायम हुनेपर्ने निर्देशन दिएपछि अहिले बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् ।
गत असार १२ गते सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्सबीच पनि मर्जर सम्झौता भएको थियो ।