८ बैशाख २०८२, सोमबार

बिहीवार देशभरका नदीहरूमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह

weather aajko mausam

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बिहानै देखि देशका धेरै जसाे भूभागमा सामान्य वर्षा भइरहेकाे महाशाखाकाे भनाइ छ ।

बिहीवार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ । देशका पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम समान्यता सफा रहनेछ ।

सूदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

देशभरका नदीहरूमा जलकाे सतह बढ्ने तथा पहाडी भेगमा पहिराकाे समेत सम्भावना भएकाले सतर्कता अपनाउने माैसम विज्ञहरूले आग्रह गरेका छन् ।