९ बैशाख २०८२, मंगलवार

जिम्मेवारी खोस्यो बाबुराम भट्टराईसहित उनी पक्षीय नेताहरुको

baburam bhattarai
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ ।

वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो ।

भट्टराई, यमी, महेन्द्र यादव लगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिए ।

अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको छ ।