८ बैशाख २०८२, सोमबार

शेयर बजारका लगानीकर्ताले एक वर्षमै गुमाए १२ खर्ब रुपैयाँ

share bajar stock

शेयर बजारका लगानीकर्ताले एक वर्षमै १२ खर्ब रुपैयाँ सम्पत्ति गुमाएका छन् । तर, यहीबीचमा सेयर कारोबार गराउने ब्रोकर कम्पनीले भने ५ अर्ब ९७ करोड आम्दानी गरेका छन् ।

किनबेचमा महंगो कमिसन र आफ्नो पैसा डुब्दा पनि लगानीकर्तालाई भने ब्रोकर, नेप्से र धितोपत्र बोर्डलाई चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ ।

ठ्याक्कै एक बर्षअघि अर्थात अघिल्लो साउन पहिलो साता सेयर लगानीकर्ताको सम्पत्ति ४१ खर्ब ६५ अर्ब रुपैयाा थियो । तर, बैंकिङ क्षेत्रमा तरलता अभावले ब्याजदर उकालो लागेपछि भने सेयर बजार निरन्तर ओरालो लाग्यो । अनि लगानीकर्ताको सम्पत्ति एक वर्षमै १२ खर्ब ४४ अर्ब रुपैयााले घटेर २९ खर्ब २१ अर्बमा खुम्चिएको छ ।

bord

तर लगानीकर्ताको सम्पत्तिमा यति धेरै गिरावट आउादा पनि सेयर कारोबार गराउने ब्रोकर कम्पनीले यही अवधिमा ५ खर्ब ९७ अर्ब कमाएका छन् । ५० वटा ब्रोकरलाई बराबरी भाग लगाउने हो भने पनि १२ करोडको हाराहारीमा सबैले कमाएको देखिन्छ ।

सरकारले डेढ वर्ष अघि ब्रोकर कमिसन शुन्य दशमलब ६ प्रतिशतसम्मबाट घटाएर शुन्य दशमलब दुई सात प्रतिशतसम्म कायम गर्यो । तर, यो शुल्क पनि चर्किरहेको भन्दै लगानीकर्ताले ब्रोकर शुल्क घटाउन माग गरिरहेका छन् ।

त्यसो त लगानीकर्ताले पुजीगत लाभकर, आयकर र नेप्से तथा धितोपत्र वोर्डलाई समेत कमिसन बुझाउनुपर्छ । त्यसैले त एक बर्षमै सेयर कारोबारबाट नेप्सेले १ अर्ब ७५ करोड र धितोपत्र बोर्डले ३६ करोड रुपैयाा कमाएका छन् ।

छिमेकी मुलुक भारतसहित सेयर बजार ठूला भएका विश्वका थुप्रै मुलुकमा सेवा शुल्क निकै कम छ । त्यसमाथि अहिले धितोपत्र बोर्डले ब्रोकर कमिसनबारे आन्तरिक अध्ययन गरिरहादा सेयर बजारमा सबै नागरिकको पहुाच बढाउने सरकारको लक्ष्यमा सहयोग पुग्ने गरी शुल्क कम गर्न आवश्यक देखिन्छ ।

    सम्बन्धित समाचार...