
फाइल फोटो
बजेटमा करको दर हेरफेरबारे छानबिन गर्न संसदीय विशेष समितिले आज सोधपुछका लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएको छ ।
यसअघि अर्थ मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको विशेष समितिले आज तत्कालीन अर्थमन्त्री शर्मालाई बोलाएको हो । २२ असारमा संसदले १० दिनको समय दिएर ११ सदस्यीय विशेष समिति बनाएको थियो ।
यसैबीच समितिले थप समय माग्ने तयारी गरेको छ ।
समितिले अर्थ मन्त्रालयको सीसीटीभीको हार्डडिक्स रिकभर गर्न नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । त्यसको रिपोर्ट आउन १० दिन समय लाग्ने भनेकाले समय नपुग्ने देखिएपछि थप समय माग्ने तयारी भएको एक सदस्यले बताए । उनका अनुसार कम्तीमा १० दिन समय माग्न तयारी भएको छ । यसबारेमा आजै पत्र पठाइने समितिको तयारी छ ।