
सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बु र बाह्रबिसे क्षेत्रका दर्जनौ बस्ती बाढीको उच्च जोखिममा छन् । गत वर्ष मेलम्ची र भोटेकोशीमा आएको बाढीले सयौं परिवार प्रभावित हुँदा समेत स्थानीय, प्रदेश र संघीय सरकारले तदारुकता देखाएका छैनन् ।
मेलम्ची र बाहुनेपाटी काभ्रे सिपाघाटका स्थानीयलाई वर्षायाममा पानी पर्न थाल्यो कि बाढी र डुवानको पिरलो हुन्छ । पानी परेको प्रत्येक रात बस्तीका सबै बासिन्दा जाग्राम हुन्छन् ।
कतिबेला बाढी आउाछ अनि घर परिवार तहस नहस पार्छ भन्ने त्रासमा उनीहरुको रात बित्छ । ठुलो पानी पर्नसाथ रातभर टचलाइट बालेर आलोपालो खोला हेरेर बस्छन् ।
त्यस्तै बाह्रबिसेका स्थानीयको पिरलो पनि उस्तै छ । कतिपय आफन्त आफन्तकहाा गएर सुत्छन् । नजिकै आफन्त नहुनेहरु बालबच्चालाई सुताएर रातभर नदिमा पानीको सतह हेरेर जाग्रम बस्न बाध्य छन् ।
विपत्तिबारे स्थानीय सरकार र जिल्ला विपत व्यवस्थापन समिति पनि जानकार नभएको होइन । तर बाढीको जोखिममा रहेका बस्ती सार्नुको विकल्प नभए पनि स्थानीयस्तरबाट त्यो सम्भव नभएको स्थानीय तहको दावी छ ।
निरन्तरको वर्षाले बाह्रबिसे बजारमाथिको त्रिपुराको माथिल्लो डााडाको जमिन भासिादै गइरहेको छ भने कति जमिन चिरा परेका छन् । कुनै पनि बेला पहिरो जान सक्ने जोखिमले स्थानीयवासी त्रासमा छन् । गत वर्ष डुवानमा परेर हजारौं बिघा जमिन बगरमा परिणत भएको थियो भने ठुलो मानविय तथा भौतिक क्षति भएको थियो ।
प्राकृतिक विपद्का दृष्टिकोणले सिन्धुपाल्चोकको जमिन निकै जोखिमपूर्ण मानिन्छ । यहाँका बस्ती स्थानान्तरण गर्नुको विकल्प छैन । वर्खा सुरु हुनुअगावै तीन तहकै सरकारले यसमा ढिला गर्नु हुँदैन ।