
तानसेन-रिडी-तम्घास सडक खण्डको लघुवामा यात्रु बाहक बस दुर्घटना भएको छ ।
रिब्दीकोट गाउँपालिका वडा नं. ३ स्थित लघुवामा तानसेन-रिडी-तम्घास सडक खण्डको ताेसडाँडा ढिकबाट यात्रुसहितको बस खसेको हाे ।
दुर्घटनामा १० जनाकाे निधन हुनुका साथै १२ जना घाइते भएका छन् । लु १ ख ५९५२ नम्बरकाे बस दुर्घटना भएकाे हाे।
२२ जना चढेकाे भनिए पनि थप मानिस पछि चढेकाे हुनसक्ने प्रहरीले जनाएकाे छ । घाइतेहरुकाे तानसेनस्थित यूनाईटेड मिसन अस्पतालमा उपचार भईरहेकाे छ ।
बुर्तिबाङबाट बुटवल जाँदै गरेकाे बस दुर्घटना भएकाे स्थानीय रन्जीव कुँवरले जानकारी दिनुभयाे । स्थानीयबासीका अनुसार धेरैजना परेकाे हुन सक्ने आशंका गरिएकाे छ । थप विवरण आउन बाँकी छ ।
