
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माओवादीले देशमा आमूल परिवर्तन गरेको दाबी गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) डोटीले आज सोमवार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्ठन सुदृढीकरण अभियान एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले नेकपा माओवादीका कारण देशमा आमूल परिर्वतन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, यो देशमा सबै चिजको परिर्वतन माओवादीले गरेको हो, जनताले निर्धक्कका साथ बोल्न पाएको र आफ्ना अधिकारका बारेमा बोल्न पाएको माओवादीकै कारणले हो ।
मुख्यमन्त्री भट्टले सङ्घीयता, पालिका सरकारलाई कानुन बनाउनेदेखि न्यायिक अधिकार सबै माओवादी पार्टीले दिएको दाबी गर्नुभयो ।
यसैगरी उहाँले आफू मुख्यमन्त्री भएपछि डोटीका लागि थुप्रै विकास गरेको दाबी गर्दै बाँकी रहेका अधुरा विकासका काम पनि पूर्ण गर्ने प्रतिबद्धता जनाउनुभयो ।