
फाइल फोटो
संविधानविद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद स्वतः भंग हुने बताउनुभएको छ ।
आचार्यले मंगलवार सामाजिक सञ्जाल ट्वीटर मार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गरिराख्नु नपर्ने समेत जनाउनुभएको छ ।
‘प्रतिनिधि सभाको कार्यकाल ५ बर्षको हो । कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानवीद् आचार्यले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्दैन ।’
संसद नै नरहेपछि सांसद समेत नरहने उहाँले बताउनुभएको छ । ‘स्थापित मान्यताको कदर गरौ, अति नगरौं,’ उहाँले लेख्नुभएको छ ।