
लामो प्रयासपछि २३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
गयराति ५ घण्टा मात्रै संचानमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो खसेपछि पुनः अवरुद्ध भएको हो । सोमबार राति पहिरो खसेकै ठाउँ भरतपुर–२९, मौरी खोलामा पुनः पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज विहान २:३० बजेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । सोही लेदोसहितको पहिरोमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एउटा भारतीय नम्बरको मिनी ट्रक समेत फसेको छ ।
सोही ठाउँमा सोमबार राति ११ बजे ठूलो पहिरो खस्दा मंगलबार राति ९ः४० बजेको समयमा मात्रै दुईतर्फी संचालनमा ल्याईएको थियो ।