
पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार बुधबार ९१५ जनामा संक्रमण पुष्टि भएको हो।
६ हजार २ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। तीन हजार ९१ जनाको पीसीआर र दुई हजार ९११ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
अहिले देशभर ५,४३३ जना सक्रिय संक्रमित छन्। ३०१ जना संक्रमित निकाे भएका छन्।
पछिल्लाे २४ घण्टामा काेराेनाका कारण कसैकाे पनि मृत्यु नभएकाे मन्त्रालयले जनाएकाे छ ।