९ बैशाख २०८२, मंगलवार

आरबी लाइपजिगमा पुनः अनुबन्ध फरवार्ड टिमो वार्नेर

41653

जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगले फरवार्ड टिमो वार्नेरलाई पुनः अनुबन्ध गरेको छ ।

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्व स्ट्राइकर टिमो वार्नेरले दुई वर्षको सम्झौता गरेका हुन् । २५ मिलियन पाउन्डमा उनी जर्मनी फर्किएका हुन् । 

उनले २०२६ सम्मका लागि सम्झौता गरेका हुन् । “म निकै खुसी छु, फेरि आरबी लाइपजिगसंग खेल्न” २६ वर्षीय खेलाडीले भनेका छन् । 

उनले चेल्सीमा ८९ खेलमा २३ गोल गरेका थिए । यस्तै, सन् २०२१ मा च्याम्पियन्स लिग जितेको थियो । 

उनलाई अनुबन्ध गर्न लिभरपुल, बायर्न म्युनिख र एथ्लेटिको मड्रिड ले इच्छा व्यक्त गरेका थिए । 

    सम्बन्धित समाचार...