
नेपालमा उत्पादित चिया आयात रोक्ने भारतले संकेत गरेपछि व्यवसायी चिन्तित भएका छन् । चियाको गुणस्तरमा प्रश्न उठाउादै भारतको राज्यसभा र लोकसभाका सांसदले आयात रोक्ने आशयको प्रतिवेदन सदनमा पेश गरेपछि नेपाली व्यवसायी सशंकित भएका हुन् । नेपाली चियाको सबैभन्दा ठूलो बजार भारत हो ।
नेपालमा उत्पादित चियाको सहज निर्यातमा भारतले बेलाबेलामा अवरोध सिर्जना गर्दै आएको थियो ।
अहिले त झन् विश्व बजारमा मै ख्याति कमाएको नेपाली चियाको गुणस्तर माथि नै प्रश्न उठाउादै भारतीय सांसदहरुले सदनमै आयातमा कर लगाउने आशयको प्रतिवेदन बुझाएपछि नेपाली व्यवसायी झक्सिएका हुन् ।
भारतको डिपार्टमेन्ट रिलेटेड पार्लियामेन्ट्री स्ट्यान्डिङ कमिटी अन कमर्सले गत जुन १५ मा लोकसभा र राज्यसभामा नेपाली चियासम्बन्धी प्रतिवेदन नै पेस गरेको छ । जसमा नेपालको चिया ‘जिओग्राफिकल इन्डिकेसन’ -जीआई)मा दर्ता नरहेको समेत उल्लेख छ ।
नेपाली अधिकारीहरुले भने प्रयोगशालाको परीक्षणमा कुनै कैफियत नरहेको र गुणस्तरमा सुधार भइरहेको भन्दै भारतीय आरोपको खण्डन गरेका छन् । उनीहरुले नेपालको चियाले अमेरिकाको स्टार बक्ससम्म ख्याति कमाएको र गुणस्तरमा कुनै कमी नभएको दाबीसहित कूटनीतिक लविङ गरिदिन प्रधानमन्त्रीसाग भेट गरिसकेका छन् ।
चिया नेपालबाट निर्यात हुने प्रमुख कृषि उपज हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार वाषिर्क ४ अर्बभन्दा धेरैको चिया निर्यात हुन्छ । इलामसहित पााचथर, धनकुटा, तेह्रथुम, ललितपुरलगायत जिल्लामा वाषिर्क ६० लाख किलोको हाराहारीमा अर्थोडक्स चिया उत्पादन हुन्छ ।
नेपालको चियाको गुणस्तर कायम राख्न दुई वर्षदेखि सामुहिक टेड्रमार्क बनाइएको छ । तत्काल भारतले निर्धारण गर्ने करको दायरा घटाएर वातावरण सहज बनाए पनि दीर्घकालमा चियालाई पूर्णरुपमा अर्गानिक बनाउने र विश्व वजारमा ट्रेडमार्कसहित पुर्याउने काममा ढिलाइ गर्नु हुादैन ।