
रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । नेपालमा काेराेना संक्रमित संख्या ३०४ पुगेकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैँमा गरिएकाे परीक्षणमार्फत् ९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
बारामा पनि पत्रकारलाई कोरोना संक्रमण
बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।
बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो ।
