
रुपक दाईलाई सोध माया के हो,
जीवन अनि त्याग के हो ?
मानिस ठुलो दिलले हुन्छ,
पिडामा मन सबैको रुन्छ ।
हरेक मानिस जन्मदा रुँदै जन्मन्छन्, जिवनभर गुनासो गरेरै विताउँछन् र मृत्यू पर्यन्त हरेक मानिसहरु निरास देखिन्छन् । कस्तुरीले विणा खोजे जस्तै मानिसहरु पनि खुशी खोज्न भौतारिँदा भौतारिदै जिवन वितेको पत्तै हुँदैन ।
यस्तै खुशी खोज्दै भौतारिनेहरु को भिडमा अरुभन्दा विल्कुलै बैग्लै छन् रुपक दर्शनार्थी । उनी सानैदेखि मानिस भन्दा पनि पशुपंछि प्रेमी थिए । खुशी हुनका लागि जिवनमा धेरै संर्घष र मेहनत गरे तर उनी जहाँ जान्थे स्वर्थी मानिस मात्र भेट्थे, न आफ्ना न पराई, सबै स्वार्थी । यस्तै कारण उनी मानिसको संगतबाट टाढिन थाले,एक्लिन थाले र खुशी आफैभित्र खोज्न थाले ।
उनले धेरै सोचे, धेरै विचार गरे अनि मानिसको संगत विना पनि खुशी हुनसकिन्छ भन्ने निश्कर्षमा पुगे अनि पशुपछिंहरु सँग आफ्ना मन र भावन साट्न थाले । यसै क्रममा संसारकै बफादार प्राणी ककुरसँग कुनको आघात माया बस्न थाल्यो र उनी कुकुरसँगै जिन्दगी विताउने निर्णयमा पुगे ।

यो कुरा उनको परिवारलाई स्वीकार्य भएन र उनले कुकुरलाई रोजी घरपरिवार नै त्याग गर्ने निर्णयमा पुगे फलस्वरुप उनी विगत १२/१५ बर्ष देखि फुटपाथमा भएका ७०/८० कुकुरहरुको अभिभावक भई पालनपोषण गर्दै आएका छन् भने २ कुकुरलाई आफ्नै कोठामा आफुसँगै सुताउने,खुवाउने र पालनपोषण गर्ने कार्य गर्दै आएका छन् ।
अचम्मको कुरा त आफु सुगर लगायतका धेरै दिर्घरोगबाट पिडित छन् तर आफु नखाई नखाई कुकुर, परेवा,काग लाई खुवाउँछन् । भोकोपेटको पिडा धेरै सहेका उनी कुकुरको पेट भर्दा जस्तो खुशी जिवनमा अरु केहीमा पनि नमिल्ने वताउँछन्,वास्तबमै उनको मुहार र उनले गरेको कामबाट जिवन जिउने कला सिक्न सकिन्छ ।
हालसम्म विहे नगरि बसेका ५० बर्षिय रुपक बाँकी जिवन यही कुकुरहरु सँगै विताउन प्रतिवद्ध भएर लागेका छन् । यती धेरै कुकुर र चराचुरुङ्गीको पालनपोषण गरको रुपकदाईको यो संसारमा आफ्नो भन्ने र आफुलाई बुझ्ने कुकुर बाहेक कोही छैन ।
एकदिन होईन दुईदिन होईन बर्षौदेखि यतिधेरै कुकुर लगायतका पशुपछिंलाई उनले कसरी लालनपालन गरिरहेका छन् त? उहाँको जीवनको विस्तृत संङ्गालो “परिच्छेद सेन” युट्युब च्यानलबाट “नदुखुन मनहरु” कार्यक्रमको ११ औं श्रृंखला मार्फत प्रसारण भएको छ ।
नोट: नदुखुन मनहरु कार्यक्रमले यस्तै कर्मठ, ईमानदार, मेहनती ब्यक्तिहरु जो दुस्खमा छन्, जसको अँखामा आशु छल्कियको छ, उनीहरू को आखाको आशु पुछी उनीहरुको मुहारमा क्षणिक भए पनि खुशी दिने कार्य गर्दै आएको छ । नदुखुन मनहरु कार्यक्रम हरेक हप्ताको सनिवार र मंगलबार परिच्छेद सेन नामक युटयुब च्यानल र नेपाल घटना मार्फत प्रसारण हुँदै आईरहेको छ ।
सधैं खुशी रहनुहोस्, सक्नु हुन्छ अरुलाई खुशी बढनुहोस्, सक्नु हुन्न कसैको खुशी नछिन्नुहोस ।