
सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । यसअघि सोमबार बिहान नौ र दिउँसो ५३ जना कोरोना संक्रमित थपिएका थिए ।
अहिले पछिल्लोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ संख्या पुष्टि भएको हो ।
धनुषा निवासी २ जना पुरुष, खोटाङ निवासी एकजना पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, सुनसरी निवासी एकजना पुरुष र झापा निवासी एकजना पुरुषमा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।
दैलेख आठबिसकोट निवासी १ जना पुरुष, कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।