
प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे बस्ने भएको छ।
आजको बैठकमा ‘‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक’ प्रस्तुत हुनेछ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयक बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।
यसअघि नै सो बिद्येयक पेश गर्ने भन्दै प्रतिनिधिसभाले सम्भावित कार्यसुचीमा राखे पनि नेपाली कांग्रेसका सांसद प्रदिप गिरिको निधनका कारण स्थगित हुन पुगेको थियो ।