८ बैशाख २०८२, सोमबार

सैन्य धम्कीपछि स्वशासित टापु ताइपेइ भ्रमणमा अमेरिकी गर्भनर

अमेरिकी गर्भनर

स्वशासित टापुमा चीनको सैन्य धम्कीपछि सहयोगस्वरुप वासिंगटनले ताइपेइसँग व्यापार वार्ता घोषणा गरेपछि अमेरिकी गभर्नरले ताइवानका राष्ट्रपतिलाई भेट गरेका छन् ।

इन्डियाना राज्यका रिपब्लिकन गर्भनर इरिक होलकम्ब ‘आर्थिक विकास यात्रा’ का लागि आईतबार ताइवानमा उत्रिए । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणको बदलामा बेइजिङले ताइवान स्ट्रेटमा सैन्य प्रदर्शन गरेपछि अमेरिक र चीनबीच तनाव बढेको छ । 

ताइवान चीनको अतिक्रमणको निरन्तर धम्कीमा बाँचेको छ । चीनले टापुलाई आफ्नो महत्वपूर्ण क्षेत्रको रुपमा दाबी गर्दै त्यसलाई आवश्यक परे कब्जा गर्ने चेतावनी दिएको छ ।

बेइजिङले ताइवानलाई वैधानिकता दिन सक्ने कुनै पनि कूटनीतिक कार्यको आलोचना गर्छ र पश्चिमी अधिकारीहरू र राजनीतिज्ञहरूको भ्रमणप्रति बढ्दो क्रोधको साथ जबाफ दिएको छ ।