
२५ वर्षअघिसम्म पहाडी तरकारी भनेपछि जो सुकै हुरुक्क हुने गर्थे । रैथाने जातको धेरै महत्व भएको पश्चिम पहाडका किसानमा बढ्दो विषादी मोहले तरकारी र फलफुलका पुराना जात हराउँदै गएका छन् । पछिल्ला वर्ष आधुनिक तरकारीको नाममा पहाडी पुराना तरकारी र फलफुलका विभिन्न जात हराउान थालेका हुन् ।
कुनैबेला पहाडी धनिया भनेपछि सबैले मगमग बास्ना आउने हरियो धनियाको लोभलाग्दो पातलाई सम्झन्थे । यो सबैको जिब्रोमा झुन्डिुन्थ्यो । तर आजकल आधुनिक तरकारी खेतीका नाममा पहाडी धनियाका बिऊ हराउन थालेका छन् ।
बढ्दो विषादीका कारण धनियामात्रै होईन पहाडी आलु, मुला, चोतो, रायो, काउली लगायतका बिऊ पाउनै छाडिसक्यो । पछिल्ला वर्ष पश्चिमका पहाडी क्षेत्रमा पुराना रैथाने जातका तरकारीहरुको जगेर्नाप्रति किसान पनि सजग छैनन् ।
किसानमा बढेको बेमौसमे र आधुनिक तरकारीको मोहले नाम चलेका पुराना जाताका तरकारी र फलफुलका बिऊ मासिदै र नासिदै गएका हुन् ।
कृषकहरुमा बढ्दो विषादी प्रयोगले पनि पुराना जातका तरकारी र फलफुल बिनास भएको कृषकको बुझाई छ । गाउँमा आकलझुकल पाईने पुराना तरकारीका बिऊको संक्षरणका लागि कृषि कार्यालयले औपचारिक पहल नथालेको भने होइन ।
बढ्दो विषादीको प्रयोगलाई रोक्ने हो भने पुराना जातकै तरकारी पहाडी क्षेत्रका लागि अति उपयोगी हुने प्राबिधिकको भनाइ छ ।