
सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
आगामी संसदीय निर्वाचनको सिट बाँटफाँटको विषयमा केन्द्रीत रहेको छ । बैठकमा समसामयिक विषयमा समेत छलफल भइरहेको नेताहरूले बताएका छन् ।
सिट बाँटफाँटको विषयमा सत्तारुढ दलहरूबीच अझै सहमति जुट्न सकेको छैन ।