७ बैशाख २०८२, आईतवार

भैरहवास्थित गौतमबुद्ध अन्तर्रष्ट्रिय विमानस्थलमा हिमालयकाे पहिलो ट्रेनिङ फ्लाइट

Screenshot 2022 08 25 15 09 44 69 a23b203fd3aafc6dcb84e438dda678b6 01

भैरहवास्थित गौतमबुद्ध अन्तर्रष्ट्रिय विमानस्थलमा बिहीबार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइट गरेको छ । निर्माण सम्पन्न भई संचालनमा आएको ३ महिना पश्चात अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपरान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङको लागि परीक्षण उडान गरेको हो ।

पहिलो पटक भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा टेनिङको लागि बिहान १२ बजे ९९५ विमानले अवतरण गरेको छ । काठमाडौंबाट पाइलटहरु मात्र बोकेको हिमालयको जहाज भैरहवामा ५ बजेसम्म रहने विमानस्थल प्रशासनले जानकारी दिएको छ । भैरहवाबाट आएको जहाज ट्रान्जिट उडानका रुपमा अवतरण गरेको हो ।

यो विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा आएको हो । अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालले भने, ‘यहाँबाट सफलतापूर्वक सम्पन्न गरि गएको र सबै कुरा राम्रो भन्ने आएकोले भविष्यमा हिमालय एयरलाइन्सले पनि यहाँबाट उडान गर्ने सम्भावना छ ।’

महङ्गो मानिएको यो तालिम नेपाली एयरलाइन्सहरूले यसअघि प्राय: भारतको बनारसमा गर्ने गरेका थिए । जहाजहरुले आफ्नो उड्ने र ओर्लने गन्तव्यभन्दा बाहिर (बेसभन्दा बाहिर) लगेर पाइलटलाई तालिम दिनुपर्ने हुन्छ । जसले विदेश जाने ठूलो धनराशीसमेत जोगिने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुरेश झाले भने, ‘यस्ता तालिम नभए पाइलटहरू तयार हुन सक्दैनन् र क्याप्टेन हुन सक्दैनन् । धेरै महङ्गो हुने भएकोले समूहमा यो तालिम गर्ने गरिएको छ ।

गत २ जेठबाट गौतमबुद्धमा व्यावसायिक उडान सुरु भएको हो । त्यसयता जजिराले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको छ । वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न सरकारले यसअघि नै गौतमबुद्ध विमानस्थलमा एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षा लगायतमा शुल्कमा विमान कम्पनीलाई पूर्ण छुट दिएको छ ।

FB IMG 1661422336652
Screenshot 2022 08 25 15 09 44 69 a23b203fd3aafc6dcb84e438dda678b6 01
Screenshot 2022 08 25 15 09 48 72 a23b203fd3aafc6dcb84e438dda678b6 01