
प्रीमियर लिगको सामूहिक परीक्षणको पहिलो चरणमा वाटफोर्ड फुट्बल क्लबका एक खेलाडी र दुई स्टाफ सदस्यहरूमा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी बर्नले क्लबका सहायक प्रबन्धक इयान वोन पनि मंगलबार गरिएको परीक्षणमा संक्रमित भेटिएका छन ।
एक विज्ञप्ती जारी गर्दै बर्नलेले “प्रीमियर लिगको ठोस निती अनुरुप प्रबन्धक इयान वोन ७ दिनको लागी सेल्फ आइसोलेसन मा जानेछन र उनको पुन: परीक्षण मे २५ मा हुनेछ” भनेको छ ।
कुल १९ क्लबको ७४८ व्यक्तिहरुमा कोरोना परीक्षण गरिएको थियो । नाम नखुलेको २०औ क्लबको भने मंगलबार मात्र परीक्षण शुरु भएको हो ।
लिगले एक विज्ञप्तिमा भनेको छ “सकारात्मक परीक्षण देखिएका खेलाडी वा क्लबका कर्मचारीहरू अब सात दिनको लागि छुट्टिनेछन्,” ।
सोमबार, प्रिमियर लिगले क्लबहरूलाई सानो समूहमा, खेलाडी बिच सम्पर्क नबनाइ प्रशिक्षण सुरु गर्न अनुमति दिएको थियो ।
यसै बिच वाटफोर्डका कप्तान ट्रोय डेनी आफ्नो छोराको स्वास्थ्यको कारण यस हप्ता तालिम फेरि लिन पाउनेछैन।