
केहि घण्टा अगाडी सन्चार माध्यममा नेपालमा कोरोना बाट तेस्रो व्यक्तीको मृत्यु भएको भनेर आएको समाचार गलत रहेको पाइएको छ ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो।
अस्पताल ले एक विज्ञप्ती जारी गर्दै उनको स्वाथ स्थिती गम्भिर रहे पनि उनको निधन को समाचार भ्रामक रहेको जनाएको छ ।
