
नेपाल र केन्याबीच आज चौथो अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी खेल हुँदैछ ।
केन्या भ्रमणमा रहेको नेपाल आज एक खेल अगावै शृंखला जित्ने लक्ष्यमा रहनेछ । पाँच खेलको शृंखलामा नेपाल २–१ ले अघि छ ।
शृंखलाको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी हुँदा दोस्रो खेल केन्याले १८ रनले जितेको थियो । तेस्रो खेलमा भने नेपाल ४ विकेटले विजयी भएको थियो ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे शुरू हुनेछ ।