
फाइल फोटो
बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ। यस अन्तर्गत आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान दुवै पर्नेछन ।
४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडानबारे निर्णय गरेको थिएन। त्यसैगरी सिमानाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै गत चैत ११ गतेदेखि सरकारले देशब्यापी लकडाउन गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढ्दै जाँदा सरकारले लकडाउनमा पनि थप कडाइ गरेको छ।