
क्यानडाको मध्य सास्काचेवान प्रान्तमा छुरा प्रहारबाट कम्तीमा १० जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् ।
पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानमा फेला परेका थिए ।
प्रहरीले घटनामा संलग्न दुई जनाको पहिचान भएको र हतियारधारी फरार रहेको जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।
आक्रमणकारीले शुरुमा केही व्यक्तिलाई लक्षित गरेको र केहीलाई अन्धाधुन्ध आक्रमण गरेको बताइएको छ । शहरमा एक पछि अर्को गर्दै छुरा प्रहारको घटना भएको थियो ।
घटनालगत्तै सतर्क रहन सूचित गरिए पनि अहिले प्रान्तभर आपतकालीन अवस्था घोषणा गरिएको छ ।