
प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा पनि आजको मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइएको छ ।
साथ साथै भारतसहित विभिन्न तेस्रो मुलुकमा रहेका र अलपत्र हालतमा रहेका तत्काल उद्धार गर्नुपर्ने नेपालीलाई ल्याउने विषयमा सरकारले कार्यविधि तयार पारेको स्रोतले बतायो। यी विषय आजको बैठकका मूख्य एजेण्डा रहेको स्रोतले बतायो ।
केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने विषयमा छलफल भएको थियो ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर लाई देशभर रहेका क्वारेन्टाइन भरपर्दो नरहेको पाइएकोले सोको व्यवस्थापन र विश्व स्वास्थ्य संगठन को मापदण्ड अनुरुप तय गर्न र त्यसपछि मात्रै अति समस्यामा परेका नेपालीलाई पहिलो चरणमा उद्धार गर्ने तयारी गर्न निर्देशन दिएका थिए ।
पछिल्लो समय काठमाडौं उपत्यकामा समेत कोरोना संक्रमित बिरामीहरु फेला परेका छन् । जसका कारण राजधानीमा समेत जोखिम बढिरहेको छ ।