८ बैशाख २०८२, सोमबार

पार्टीभित्रै विद्रोहको खतरा, कसरी गर्छन देउवाले नेता व्यवस्थापन ?

deuba sekhar

सत्ता गठबन्धनभित्र मुख्य दल भएरपनि कांग्रेस पेलानमा परेको छ। माओवादीले वढाएको मोल मोलाईको शक्ती र जसरी पनि प्रधानमन्त्री हुनुपर्ने देउवाको ईच्छाले कांग्रेस निरिह बनेको हो ।

जसले आफूलाई फाईदाजनक हुने अवस्थामा मात्र गठबन्धन हुने भन्दै पार्टीको निर्णयमा सहमती गरेको पक्ष अन्तुष्ट बनेको छ भने पार्टीभित्रै विद्रोहको खतरा बढेको छ ।

स्थानीयतह निर्वाचनको समिक्षा र आगामी निर्वाचनको तयारी सहितको एजेण्डामा छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रदेश र संघको निर्वाचनमा तालमेल गर्ने निर्णय सर्वसहमत पारित गरेको थियो ।

अन्य सत्ताघटक दलले औपचारिक निर्णय नगर्दै कांग्रेसले गरेको यो निर्णयलाई तालमेल विरोधी गर्नेको गुटले पनि समर्थन गरेको थियो ।

स्थानीयतहमा भएको तालमेलको विरोध गर्ने डा. शेखर कोईराला समुहले नै निर्णयमा तालि बजाएपछि कांग्रेस भित्रको कलह सकिएको संकेतका रुपसमा समेत हेरियो । तर पार्टीको बहुमतको निर्णय भएर मात्र मान्न बाध्य भएको बताएका कोईरालाले कम क्षती हुने गरी हुने तालमेल मात्र मान्य हुने बताँउदै आएका थिए ।

अर्थात अन्य घटक दलएक्लै चुनावमा होमिने वातावरण नरहेको र कांगेसको राई दाई चल्ने बुझाईले उनीहरु उत्साहित थिए । तर माधवकुमार नेपाल र वामदेव गौतम सहितकालाई हातमा लिएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले दवाव बढाएपछि कांग्रेस नेतृत्व निरिहको अवस्थामा पुगेको छ । प्रचण्डको बढ्दो साहसकै उपज कांग्रेसले ८० सिटमा चित्त बुझाउने सार्वजनिक अभिव्यक्ती गठबन्धनका नेताहरुले दिन थालेका छन् ।

तर अहिले समहती भए अनुसार कांग्रेस प्रचण्डको अफर भन्दा ६ सिट माथि उक्लिएको छ भने माओवादी केन्द्र ४७, एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिटमा चुनाव लड्ने भएका छन । यसरी हेर्दा पार्टी एकताको तयारी गरिरहेका प्रचण्ड र माधवकुमार नेपालले ६५ सिट हातपारेका छन । जसले कांग्रेसभित्र भने विद्रोहको खतरा बढेको छ ।

कांग्रेसको यो लचकता देउवाको प्रधानमन्त्री बन्ने सपनासंग जोडिएको छ । तर संस्थापन ईत्तरपक्षले भने १ सय सिट भन्दातल र संघ वा प्रदेश मध्ये एकमा कांग्रेस उम्मेद्धार नभए विद्रोह हुने बताईसकेको छ । अहिलेको परिस्थितीमा एक्लै गएपनि कांग्रेससंग कोहि लड्न नसक्ने भन्दै गठबन्धन तोड्न उनीहरुले सभापती देउवालाई दवाव दिइरहेका छन् । तर गठबन्धन प्रति देउवाको लगावले के कांग्रेस प्रचण्ड–नेपालको काधमा नचढी निर्वाचन लड्न नसक्ने अवस्थामा आएको हो भन्ने प्रश्न समेत उठेको छ ।

देउवाको स्वार्थकै लागि पार्टीलाई घाटा हुने गरी तालमेल गर्न नहुनमत पार्टीभित्र वलियो बन्दै गएको छ । अर्कातर्फ कम्यनिष्टले देशलाई सकाउँदा कांग्रेसकै आवश्यकता रहेको कुरा पनि ईतिहासले पुष्टि गरिसककेको नेताहरु बताउछन । त्यस्तै नागरिकता विधेयकमा देखाएको सक्रियता एमसीसीमा लिएको अडान र आफू सत्तामा रहनु जस्ता कुराले पनि कांग्रेसलाई अहिले भन्दा एक्लै लड्ने उपयुक्त समय कहिल्यै नहुने उनीहरुको बुझाई छ । यहि कारण कसैको साथ नभएपनि पार्टीलाई वहुमत ल्याउने जिम्माआफ्नो भएको कोईराला समुहका नेताहरुले अभिव्यक्ती नै दिदै आएका छन ।

हुन त तालमेल गर्ने विषय नै सबैको फाइदाकै लागिगर्ने हो । यदि आफ्नो स्वार्थ अनुकुल नभए कांग्रेसकै छत्र छायामै अन्य घटक बस्छन भन्ने पनि छैन । तर तालमेलको जग नै आन्तरिक व्यवस्थापन र निर्वाचनपछि दलको हैसियतको मनोविज्ञानमा रहँदा देउवाको सपना पूर्ती र प्रचण्ड खुसीको निर्णय कांग्रेसकै लागिभने गलापासो बन्न सक्छ ।